News
गेटवे एकेडेमी सेमिफाइनलमा
काठमाडौं । गेटवे एकेडेमी यहाँ जारी छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सानो गौचरण मैदानमा भएको खेलमा गेटवेले त्रिवेणीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । गेटवेका राजन आचार्य र लक्ष्मण उप्रेतीले समान २–२ तथा सन्दिप सिवाकोटी, प्रतीक रायमाझी, शिशीर श्रेष्ठ र प्रदीप खत्रीले समान १–१ गोल गरे ।
पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा प्रस्फुटन र सम्भावीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । प्रस्फुटनले लोयल्टी एकेडेमीलाई १–० गोलले हरायो । कुशल गिरीले निर्णायक गोल गरे । सम्भावीले विट्स एकेडेमीले ३–१ गोलले पाखा लगायो । सम्भावीका जे.आर. ठकुरीले ह्याट्रिक गरे । विट्सका बादल श्रेष्ठले सान्त्वना गोल फर्काए । सोमबार ३ खेलहरु हुँदैछन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै