News एआइटिएम आइटी फुटसल कप चैत्र पहिलो साता
गोलनेपाल

काठमाडौं । एसियन स्कुल अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटिएम), सातदोबाटो, ललितपुरको आयोजनामा आउँदो चैत्र ४ गतेका दिन एआइटिएम आइटी कप फुटसल प्रतियोगिता हुने भएको छ ।

ब्याचलर लेभलमा अध्ययनरत छात्र खेलाडीहरुलाई लक्षित गरी आयोजना हुन गईरहेको प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि फागुन ३० गतेसम्म टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुल्क भने ७ हजार तोकिएको छ । त्यस्तै खेलतालिका चैत्र १ गते प्रकाशन गरिने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने खेल संयोजक आलिग तामाङले जानकारी दिए । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक तामाङले बताए ।

 

Post Comments