News प्रभावशाली जितका साथ एनआरटी फाइनलमा
गोलनेपाल

काठमाडौं । प्रभावशाली जित हात पर्दै न्युरोडटिम (एनआरटी) जारी केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा एनआरटीले जावलाखेल युथ क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै उपाधी नजिक पुगेको हो ।

एनआरटीको जितमा खेलको छैटौं मिनेटमै बिबेक गुरुङ्ले गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो हाफतर्फ ४९ र ५६औं मिनेटमा सन्जिव विष्टले लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

एनआरटीले अब बिहीबार नै हुने मानेभञ्ज्याङ एफसी र मच्छिन्द्र एफसी बीचको दोस्रो सेमिफाइनल विजेतासँग फागुन १९ गतेका दिन उपाधिका लागि फाइनल खेल्नेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।

Post Comments