News रोयल गोर्खालाई युनाइटेड कपको उपाधि
गोलनेपाल

दुबई । युनाइटेड स्टार फूटबल क्लब, युएईको आयोजनामा सम्पन्न भएको युनाइटेड कप फूटबल प्रतियोगिताको उपाधि जीसीडी रोयल गोर्खाले जितेको छ ।

दुबई स्थित डलस्को खेल मैदानमा भएको फाइनल भिडन्तमा रोयल गोर्खाले नवबुद्ध फूटबल क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

युएईका नेपाली समुदायमा स्थापित उत्कृष्ट १६ वटा क्लबले सहभागीता जनाएको सो प्रतियोगितामा उपाधी चुमेको जीसीडी रोयल गोर्खा फुटबल क्लबले ४५ सय दिराम नगद, ट्रफी र मेडल पायो भने उपविजेता नमोबुद्धले ३ हजार दिराम नगद सहित ट्रफी र मेडलमा चित्त बुझायो ।

Post Comments