News चौथो सुस्ता अध्यक्ष कपको तयारी पूरा, खेलतालिका पनि सार्वजनिक
सुरज राना मगर

नर्सही । वार्षिक रुपमा आयोजना हुँदै आएको सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणको तयारी पनि पूरा भएको छ ।

सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । फागुन २० गते हुने उद्घाटन खेलमा बनदेवी विकास युवा क्लब, सुस्ता–१ र साझा युवा क्लब, रामग्राम भिड्ने खेलतालिकामा उल्लेख छ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने फागुन ३० गतेका दिन हुनेछ ।

सुस्ता गाउँपालिका वार्ड नम्बर ४ को कार्यालय, नर्सहीको आयोजना तथा सुस्ता गाउँपालिका, नवलपरासीको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने खेल संयोजक समराज गुरुङले बताए ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले जानकारी दिए ।

Post Comments