News फ्रेन्च डिभिजन वानमा साबित्राको 'डेब्यु' गोल
गोलनेपाल

काठमाडौं । फ्रान्सको शिर्ष फुटबल लिग डिभिजन वानमा गुइनग्याम्पका लागि खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले फ्रेन्च क्लबका लागि डेब्यु गोल गरेकी छिन् । शनिबार एको लिले विरुद्धको खेलमा साबित्राले डेब्यु गोल गरेकी हुन् ।

खेलमा गुइनग्याम्प २–० ले विजयी भयो । गुइनग्याम्पका लागि खेलको ५२औं मिनटमा एन्टोनी स्टारोवाले पेनाल्टीबाट गोल गरेकी थिईन् भने वैकल्पिक खेलाडीका रुपमा अन्तिमतिर प्रवेश गरेकी साबित्राले खेलको इन्जुरी समयमा विपक्षी गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल गरेकी थिईन् ।

यो जितपछि १६ खेलबाट १५ अंक जोडेको गुइनग्याम्प लिगतालिकाको नवौं स्थानमा उक्लेको छ । पराजित लिले भने ८ अंकका साथ ११औं स्थानमा छ । गुइनग्याम्पले आफ्नो आगामी खेल मार्च १६ तारीखका दिन पेरिस एफसीसँग खेल्ने कार्यक्रम छ ।

Post Comments