News नेपाल भर्सेज भुटानः पहिलो जितको खोजीमा दुई टोली
गोलनेपाल

काठमाडौं । यहाँ जारी साफ यु–१६ महिला च्याम्पियनसिपतर्फ आज आयोजक नेपाल र भुटान आपसमा भिड्दै छन् । पहिलो खेलमा शुरुवाती हार बेहोरेका दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा ३ बजेदेखि हुने आजको खेल नेपालसँगै भुटानका लागि पनि महत्वपूर्ण ृछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न आज दुवै टोलीलाई निश्चित जितको खाँचो छ । त्यसैले पनि दुवै टोली स्पष्ट जित र तीन अंकका लागि भिड्ने छन् ।

स्मरण रहोस, प्रतियोगिताको आफ्नो पहिलो खेलमा भुटानले भारतसँग शून्यका विरुद्ध ७ गोल अन्तरले हार बेहोरेको थियो भने नेपालले बंगलादेशससँग २–० ले पराजित भएको थियो । दक्षिण एसियाका कुल चार टोलीहरु सहभा िप्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा जारी छ ।

लिग चराको खेल पश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल यही आउँदो १० मार्चका दिन हुनेछ ।

Post Comments