News
युथ लिग आयोजनाबारे अन्तरक्रिया सम्पन्न
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ लिग आयोजनाबारे काठमाडौं उपात्यकाका विभिन्न १३ स्कुलहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंह तथा इलिट युथका प्रमुख रविन महर्जनले युथ लिगबारे भावी योजना र प्रस्ताव उपस्थित विद्यालयका प्रतिनिधीहरु समक्ष प्रस्तुत गरेका थिए ।
एन्फाका अनुसार ए डिभिजन क्लबहरुसँग आवश्यक सहकार्य गरेर युथ लिगको आयोजन ागर्ने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका प्रतिनिधिहरुले लिगको मोड्युल र ढाँचाबारे पनि आवश्यक छलफल गरेका थिए ।
स्मरण रहोस, एन्फाले विभिन्न उमेर समूहमा छिटै प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । एन्फाका अनुसार प्रतियोगितामा यु–१४ र यु–१८ उमेर समूहमा प्रतिस्पर्धा हुने बताइएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै