News
भुटान प्रिमियर लिगको मिति पनि तय
काठमाडौं । दक्षिण एसियाली राष्ट्र भुटानको यस बर्ष हुने शिर्ष लिग भुटान प्रिमियर लिग २०२० को मिति पनि तय भएको छ । भुटान फुटबल फेडरेशनले जनाएअनुसार लिग आउँदोअगस्त १ तारीखदेखि शुरु हुने तय भएको हो ।
यद्यपि कोरोना भाइरस महामारीका कारण यस बर्ष लिगको सबै खेलहरु खाली रंगशालामा हुने भुटान एफएले स्पष्ट पारेको छ । तर फुटबल समर्थकहरुले लिगका खेलहरु माइकुजु टिभीमा हेर्न सक्ने समेत बताएको छ ।
स्मरण रहोस, गत बर्ष भुटान प्रिमियर लिगको उपाधि पारो एफसीले जितेको थियो । त्यो उपाधि पारो एफसीको क्लब इतिहास मै पहिलो लिग उपाधि समेत थियो । दोस्रो र तेस्रो स्थानमा भने क्रमशः ट्रान्सपोर्ट युनाइटेड र थिम्पु सिटी रहेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै