News फराकिलो हारसँगै नेपालको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं । साफ यु–१६ महिला च्याम्पियनसिपतर्फ निर्णायक मानिएको खेलमा आयोजक नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भारतसँग शून्यका विरुद्ध १० गोलको फराकिलो अन्तरले हार बेहोर्यो ।

यो हारसँगै नेपालको चुनौति समाप्त भएको छ भने भारत फाइनलमा प्रवेश गरेको छ । बिहीबारको नतिजापछि समान ६–६ अंक जोडेका बंगलादेश र भारत शिर्ष दुई स्थानमा छन् र फाइनलमा स्थान बनाउन सफल भएका छन् ।

बंगलादेशले समूह चरणको अन्तिम खेलमा शुक्रबार भुटानको सामना गर्दैछ । तुलनात्मक रुपमा प्रतियोगिताको कमजोर प्रतिद्वन्द्वीका रुपमा रहेको भुटानलाई हराउन सके बंगलादेश शतप्रतिशत जितका साथ फाइनलमा प्रवेश गर्नेछ । स्मरण रहोस, बंगलादेश गत संस्करणको उपविजेता पनि हो । उपाधि भने रसियाले जितेको थियो । यसपटक रसिया सहभागि छैन ।

Post Comments