
हेटौडा । यहाँ जारी नवौं हेटौडा भेट्रान्स कप एट ए साईड राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा किङ्गकम भेट्रान्स र बानेश्वर फ्रेण्डस भेट्रान्स भिड्ने भएका छन् ।
पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा किङ्गकमले एबिसी भेट्रान्सलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । किङ्गकमका लागि जगतमान लामाले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता लामा नै खेलको म्यान अफ द म्याच चुनिए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा बानेश्वर भेट्रान्सले बगर भाई खलक भेट्रान्सलाई टाईब्रेकरमा ३–२ ले हराउँदै फाइनल प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बानेश्वरका लागि राजु पुलामीले गोल गरेका थिए भने बगर भाई खलकका लागि मनोज गुरुङले गोल गरेका थिए । खेलमा बानेश्वरका राजु पुलामी म्यान अफ द म्याच चुनिए ।
अब यही फागुन २६ गते शनिबार हुने फाइनलमा बानेश्वर भेट्रान्स र किङ्गकम भेट्रान्स उपाधिका लागि भिड्ने छन् । साथै फाइनल खेल दिउँसो २ बजेदेखि शुरु हुने समेत आयोजकले जानकारी दियो ।
हेटौडा भेट्रान्स क्लब, हेटौडा, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा