News
नेपालले मलेसियासँग खेल्ने
काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ बहराईनसँग खेल्ने तयारीमा रहेको नेपालले त्यसअघि मलेसियासँग मैत्रीपूर्ण अभ्यास म्याच खेल्ने भएको छ ।
नेपालले मलेसियासँग यही मार्च १५ तारीखका दिन मैत्रीपूर्ण अभ्यास म्याच खेल्ने भएको हो । यो कुराको पुष्टि मलेसिया एफएले समेत गरेको छ । यद्यपि एन्फाले भने यसबारे अझै केही प्रतिक्रिया दिएको छैन ।
स्मरण रहोस, फिफा विश्वकप र एएफसे एसियन कप छनौटतर्फ नेपालले यही मार्च २१ र २७ तारीखका दिन बहराईनसँग खेल्दैछ । त्यस्तै मलेसियाले भने यही मार्च २१ र २६ तारीखका दिन ओमानसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान