News नेपालले मलेसियासँग खेल्ने
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ बहराईनसँग खेल्ने तयारीमा रहेको नेपालले त्यसअघि मलेसियासँग मैत्रीपूर्ण अभ्यास म्याच खेल्ने भएको छ ।

नेपालले मलेसियासँग यही मार्च १५ तारीखका दिन मैत्रीपूर्ण अभ्यास म्याच खेल्ने भएको हो । यो कुराको पुष्टि मलेसिया एफएले समेत गरेको छ । यद्यपि एन्फाले भने यसबारे अझै केही प्रतिक्रिया दिएको छैन ।

स्मरण रहोस, फिफा विश्वकप र एएफसे एसियन कप छनौटतर्फ नेपालले यही मार्च २१ र २७ तारीखका दिन बहराईनसँग खेल्दैछ । त्यस्तै मलेसियाले भने यही मार्च २१ र २६ तारीखका दिन ओमानसँग खेल्ने कार्यक्रम छ ।

Post Comments