News अन्जिला, गीताको टोली सेथुलाई सफलता
गोलनेपाल

काठमाडौं । भारतको शिर्ष महिला लिगमा खेलिरहेका नेपालका राष्ट्रिय खेलाडीहरु अन्जिला सुब्बा र गीता राना सम्मिलित सेथु फुटबल क्लबले लिगमा शनिबार सफलता हासिल गरेको छ ।

क्यापिटल फुटबल एरिनामा भएको खेलमा सेथुले स्पोर्टस ओडिसालाई शून्यका विरुद्ध ३ गोलले हरायो । सेथुको जितमा मालाविका, कविया र काजोलले गोल गरिन् ।

यो जितपछि १० खेलबाट १३ अंक जोडेको सेथु लिगतालिकाको पाँचौं स्थानमा छ । उता पराजित स्पोर्टस ओडिसा भने २ अंकका साथ पुछारमा छ । लिग शिर्ष स्थानमा भने १० खेलबाट २५ अंक जोडेको आडिसा फुटबल क्लब रहेको छ ।

 

Post Comments