News सहाराका लागि एन्फा सधै सहयोगीः उपाध्यक्ष खडका
गोलनेपाल

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष वच्चु खड्का (वीर वहादुर)ले दोविल्ला स्थित सहारा एकेडेमीको निरिक्षण गरेका छन । कास्की एन्फामा भएको अनियमितता बारे छानविन गर्न पोखरा आएका उपाध्यक्ष खडकाले एकेडेमीको निरिक्षण गरेका हुन ।

निरिक्षणको क्रममा उनले एकेडेमीका पदाधिकारीसँग कुराकानीका क्रममा अव व्यावसायिक फुटबलतर्फ अगाडी वढ्न सुझाए । उनले भने– "अव सहारा वलियो र पाको संस्थाको रुपमा उभिएको छ, अव व्यावसायिक फुटबल तर्फ अघि वढ्नुस एन्फा सदैव यहाँहरुको साथमा छ ।"

पहिलो पटक सहारा एकेडेमीको निरिक्षण पछि आफु निकै प्रभावित भएको बताउँदै अध्यक्ष खडकाले एन्फामा आफ्ना योजना सहित पेश गर्न आग्रह गर्दै सहारा क्लवले पोखराको फुटबल विकासमा गरेको योगदानको खुलेर प्रशंसा समेत गरे । उनले अगाडी भने–"यति व्यवस्थित रुपमा एकेडेमी सञ्चालन गर्नु आफैमा निकै चुनौतीपुर्ण छ, सहाराले सञ्चालन गरेको एकेडेमी सबैका लागि उदाहरण समेत हो ।"

विगतमा एन्फाको सहारालाई हेर्ने नजर जे जस्तो भए पनि नेपालको फुटबल विकासका लागि सबै मिलेर बढ्नु बाहेक अर्को विकल्प नरहेको बताउँदै सहारा एकेडेमी सञ्चालनका लागि एन्फाले संधै सहयोगी भुमिका निर्वाह गर्ने बताए ।

कास्की एन्फामा भएको अनियमितताका वारेमा कुरा गर्दै उपाध्यक्ष खडकाले आफुलाई एन्फा केन्द्रले जे विषयमा खटाएको हो त्यसलाई पुर्णता दिने बताए । उनले छानविनमा कुनै कमि नहुने प्रतिवद्धता दोर्हाउँदै छानविन पछि आफुले पत्रकार सम्मेलन मार्फत सबैलाई सार्वजनिक गर्ने समेत बताए ।

सो अवसरमा एन्फा उपाध्यक्ष खडकालाई सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली, पुर्व अध्यक्ष विरभद्र आचार्य लगायतले स्वागत गरेका थिए ।

स्मरणीय छ, सहारा क्लव पोखराद्वारा सञलित सहारा एकेडेमीमा हाल १४ जिल्ला विपन्न तथा कठिन परिस्थितीका २६ जना बालकहरु रहेका छन । उनिहरुको भरण पोषण सङ्गै शिक्षा र फुटबल प्रशिक्षण क्लवले गर्दै आएको छ ।

Post Comments