News नेपालले इङल्याण्ड सी सँग खेल्ने मिति तय
गोलनेपाल

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलीले इङल्याण्डको सी फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का भएको छ । नेपाल र इङल्याण्ड सी बीचको खेलबारे यसअघि पनि चर्चा भए तापनि खेल हुनेबारे अन्यौल नै थियो ।

यद्यपि यसपटक भने नेपाल र इङल्याण्ड सी बीचको मैत्रीपूर्ण खेलबारे आधिकारिक रुपमै घोषणा गरिएको छ । इङल्याण्डको नेशनल लिग खेलिरहेको एल्डरशट टाउन फुटबल क्लबको व्यवस्थापनमा हुन गईरहेको मैत्रीपूर्ण खेल आउँदो मई ६ तारीख (बैशाख २४) मा हुने भएको हो ।

यो ऐतिहासिक मैत्रीपूर्ण खेलबारे एल्डरशट टाउन एफसी, इङल्याण्डको सर्वोच्च फुटबल निकाय द एफए र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच त्रीपक्षिय सहमति समेत भएको छ ।

नेपाल र इङल्याण्ड सी बीचको मैत्रीपूर्ण खेल एल्डरशट स्थित इबीबी स्टेडियममा हुनेछ । त्यस्तै टिकटदर व्यस्कका लागि १० पाउण्ड र १६ वर्ष भन्दा मुनीका लागि ५ पाउण्ड तोकिएको एल्डरशट टाउन एफसीले आफनो आधिकारिक सामाजिक सञ्जालमा समेत जानकारी दिएको छ ।

Post Comments