News प्रथम वडा अध्यक्ष कपः वडा नम्बर २ फाइनलमा, उपाधिका लागि वडा नम्बर १ सँग भिड्ने
गोलनेपाल

गोलबजार । घरेलु टोली वडा नम्बर २ यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर २ ले वडा नम्बर ६ माथि ५–२ को जित निकाल्दै उपाधि नजिक पुग्न सफल भएको हो ।

खेलमा वडा नम्बर २ का कप्तान चैखु घिसिङ म्यान अफ द म्याच घोषित भए । वडा नम्बर २ ले अब यही फागुन ३० गतेका दिन हुने फाइनलमा वडा नम्बर १ सँग उपाधिका लागि भिड्नेछ ।

गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।

Post Comments