काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मलेसियासँग खेल्ने मैत्रीपूर्ण अभ्यास खेल र विश्वकप छनौटतर्फ बहराईनसँग हुने दुई खेलका लागि नेपालको फाइनल स्क्वाड घोषणा गरेका छन् । राष्ट्रिय टोलीमा लामो समयपछि अनुभवी भरत खवास पनि फर्किएका छन् ।
नेपालले यही मार्च १५ तारीखका दिन मलेसियासँग मैत्रीपूर्ण अभ्यास म्याच खेल्दैछ । त्यसपछि विश्वकप र एएफसी एसियन कप छनौटतर्फ बहराईनसँग उसकै घरेलु मैदानमा २१ र २७ मार्चका दिन दुई म्याच खेल्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसिया हुँदै बहराईन जाने राष्ट्रिय फुटबल टोलीको मंगलबार एक कार्यक्रमका बीच विदाई समेत गर्यो ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः अभिषेक लिम्बु, सनिस श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, सुमित श्रेष्ठ, अजय चौधरी, सौभाग्य राई
मिडफिल्डर्सः भरत खवास, बिशाल बस्नेत, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डसः अन्जन बिष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट, जिलेस्पी जंग कार्की
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)