काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ बहराईन विरुद्ध हुने दुई होम एण्ड अवे खेलहरु नेपालले बहराईन कै घरेलु मैदानमा खेल्ने भएको छ । सो कुराको पुष्टी मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तरगत समूह एचमा रहेको नेपालले बहराईनसँग यही मार्च २१ र २७ तारीखका दिन हुने दुई खेलहरु बहराईन मै खेल्ने पक्का भएको हो । दुवै खेलहरु बहराईन नेशनल स्टेडियममा हुनेछन् ।
गत महिना फिफा प्रतिनिधीले दशरथ रंगशालाको निरीक्षण पश्चात रंगशाला विश्वकप छनौटका खेलहरु खेलाउन योग्य नरहेको ठहर गरेको थियो । त्यसपछि बहराईन विरुद्धको घरेलु खेल तटस्थ मैदानमा खेल्ने अनुमान गरिए तापनि अन्ततः दुवै खेलहरु बहराईन मै हुने तय भएको हो ।
त्यस्तै नेपालले बहराईन जानु अघि त्यसको लागि मलेसियासँग अभ्यास म्याच समेत खेल्नेछ । सो कुराको पुष्टी पनि एन्फाले आधिकारिक रुपमा गरेको छ । हाल रुाष्ट्रिय फुटबल टोली त्यसकै लागि बन्द प्रशिक्षणमा समेत रहेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)