काठमाडौं । ‘परदेशमा भाईचारा र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित छङउप नेपाली फुटबल क्लब, दक्षिण कोरियाको आयोजनामा आउँदो अप्रिल १४ तारीखका दिन प्रथम जेएनएफसी कप हुने भएको छ ।
छङउप नेपाली एकता समाज, दक्षिण कोरियाको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको मार्च २४ देखि अप्रिल ६ तारीखसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४ लाख वोन थोकिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ लाख वोन हात पार्नेछ भने उपविजेताले २० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ८ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
नेपाल फुटबल संघ, दक्षिण कोरियाको प्राविधिक सहयोग रहने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने