News घाइते फुटबल खेलाडी सुवासलाई फुटबल संघको सहयोग
गोलनेपाल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जम्बु, खगदल र भोटेकोशी गाउँपालिकामा यहि गत असार २४ गते बुधबार राती आएको बाढीका कारण गम्भिर घाइते भएका स्थानीय फुटबल खेलाडी सुवास तामाङलाई आर्थिक सहयोग गरिएको छ ।

सिन्धुपाल्चोक जिल्ला फुटबल संघको पहलमा घाइते खेलाडी तामाङको उपचारका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरिएको हो । सिन्धुपाल्चोकको जिल्लास्तरीय फुटबल प्रतियोगितामा सक्रिय रहेका सुवासको उपचार हाल काठमाडौं स्थित हेम्स अस्पतालमा भईरहेको छ ।

जिल्लामा रहेका स्थानीय फुटबल खेलाडीहरुलाई आपत विपतका बेला सहयोग गर्ने आफ्नो दायित्व र जिम्मेवारीलाई पूरा गर्ने उद्देश्यले सुवासलाई सानो भए पनि आर्थिक सहयोग गरिएको सिन्धुपाल्चोक जिल्ला फुटबल संघले जनाएको छ । उक्त सहयोग रकम, घाइते खेलाडी सुवास कै परिवारजनहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

Post Comments