News प्रथम नेपाली काँग्रेस सभापति कप फुटसल हुँदै
गोलनेपाल

भक्तपुर । नेपाली काँग्रेस वार्ड नम्बर २ जाँगुनारायण नगर समिति तथा दुवाकोट युथ, भक्तपुरको आयोजनामा यही चैत २३ र २४ गतेका दिन दिन प्रथम नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति कप फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

दुवाकोट–२, भक्तपुर स्थित खेलमैदान रिक्रियशनल सेन्टरमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु गरिसकिएको आयोजकले जानकारी दियो । साथै यिही चैत २० गतेसम्म टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुल्क भने ७५०० तोकिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५–५ हजार र ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments