News बंगलादेशको हार, भारत रोकियो
गोलनेपाल

काठमाडौ । फिफा विश्वकप र एएफसी एसियन कपको दोस्रो चरणको छ्नौट खेलतर्फ दक्षिण एसियाका दुई टोलीहरु बंगलादेश र भारतले क्रमशः हार र बराबरी खेलेका छन ।

समूह आइ मा रहेको बंगलादेशले बिहीबार अबेर राती कुवेतमा भएको खेलमा प्यालेस्टाइनसँग ५-० को हार बेहोरेको हो । सोही समुहको अर्को खेलमा अष्ट्रेलियाले लेबनान माथी २-० को जित दर्ता गर्यो ।

यो नजितापछी शतप्रतिशत जितका साथ ३ खेलबाट ९ अंक जोड्दै अष्ट्रेलिया शिर्ष स्थानमा छ । ४ अंक जोडेको प्यालेस्टाइन दोस्रो स्थानमा रहँदा २ अंकका साथ लेबनान तेस्रो स्थानमा छ । १ अंक जोडेको बंगलादेश भने पुछारमा छ ।

भारत र अफगानिस्तानको बराबरी

त्यसैगरी समूह ए मा रहेको अर्को दक्षिण एसियाली टोली भारतले अफगानिस्तानसँग बराबरी खेलेको छ । साउदी अरेबियामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन ।

सोही समुहमा रहेको बलियो कतारले भने कुवेतलाई ३-० ले पराजित गर्यो । यो नतिजापछि ३ खेलबाट ९ अंक जोडेको कतार समूह ए को शिर्ष स्थानमा छ । ४ अंकका साथ भारत दोस्रो स्थानमा छ ।

३ अंक जोडेको कुवेत तेस्रो स्थानमा छ भने १ अंकका साथ अफगानिस्तान पुछारमा रहेको छ ।

 

Post Comments