News वेल्स 'सी' सँग हार्यो इङ्ल्याण्ड 'सी'
गोलनेपाल

काठमाडौ । नेपालसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तयारीमा रहेको इङ्ल्याण्डको सी फुटबल टोलीले वेल्सको सी फुटबल टिमसँग हार बेहोरेको छ ।

वेल्सको घरेलु मैदान स्टेबोनहिथ पार्कमा भएको खेलमा वेल्सले इङ्ल्याण्डमाथि १-० को जित निकालेको हो ।

वेल्सका लागि पहिलो हाफको अतिरिक्त समयमा सियोन ब्राडलीले गरेको सुन्दर फ्रीकिक गोल नै खेलको एक मात्र निर्णायक गोल बान्यो ।

स्मरण रहोस, नेपालले इङ्ल्याण्ड सी सँग आउँदो मई ६ तारीखका दिन मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । एन्फा र एफएको सहकार्य तथा एल्डरशट एफसीको व्यवस्थापनमा हुने सो खेल एल्डरशट स्थित रिक्रीएशन फुटबल मैदानमा हुनेछ ।

Post Comments