News अन्तर वडास्तरीय वडा अध्यक्ष कपः वडा नम्बर १५ को विजयी शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । शुक्रबारदेखि शुरु भएको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली वडा नम्बर १५ ले विजयी शुरुवात गरेको छ ।

गौरीटार रंगशालामा भएको खेलमा वडा नम्बर १५ ले वडा नम्बर १ लाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा वडा नम्बर १५ का असिम मोक्तान म्यान अफ द म्याच घोषित भए ।

हेटौडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १८ गतेका दिन हुनेछ ।

 

Post Comments