News आगामी सिजन पाँच वैकल्पिक खेलाडी खेलाउने पाइने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फुटबलको नियम बनाउने निकाय इन्टरेशनल फुटबल एसोसिएशन बोर्ड (आइफेब) ले आगामी सिजनदेखि पाँच वैकल्पिक खेलाडी खेलाउने पाउने बताएको छ ।

यद्यपि अतिरिक्त वैकल्पिक खेलाडीलाई खेलाउने वा नखेलाउने यो निर्णयबारे प्रत्येक प्रतियोगितामा स्वयम् सम्बन्धित आयोजकले निर्णय लिन पनि सक्ने छन् ।

बोर्डका अनुसार हाल महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण फुटबल खेलाडीहरुमा थप मैदान भित्र हुने खेलको चाप कम होस भनेर उनीहरुकै हितमा यो निर्णय गरिएको बताएको छ ।

बोर्डले संशोधन गरेको यो नयाँ नियम लिग प्रतियोगिताहरुमा आगामी बर्षको ३१ जुलाईसम्म मान्य रहने बताइएको छ भने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको हकमा यो नियम सोही बर्षको जुलाई–अगस्त रहने बताइएको छ ।

Post Comments