News
उपेन्द्रमान सिंहले दिए राखेपबाट राजिनामा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले राखेपअन्तर्गत फुटबल सहायक प्रशिक्षकबाट राजिनामा दिएका छन् ।
हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनैपनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजिनामा दिइ रहेका छन् ।
त्यस्तै तेक्वान्दोका किर्तिमानी खेलाडी दीपक विष्ट र संगीना वैद्यले पनि बुधबार नै राजिनामा दिएका छन् । दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजिनामा दिएका हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् ।
(तस्विरः सिंहको फेसबुकबाट)
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न