News खेल क्षेत्रको विकास गर्ने राजनिती गरौं : खेलकुद मन्त्री श्रेष्ठ
गोलनेपाल

पोखरा । युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले खेल क्षेत्रको विकास गर्ने राजनीति र खेलाडहिरुको हितका लागि राजनीति गर्न आग्रह गरेका छन् ।

अवको राजनिती खेल विकासका लागि हुनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले भने–“म विनम्रता पूर्वक आग्रह गर्छु, खेल क्षेत्रको विकास गर्ने राजनिती गरौं । खेलाडीहरुको हितका लागि राजनिती गरौं । खेलाडीहरुको भविष्य उज्जवल बनाउने राजनिती गरौं । संरचना निर्माणका लागि राजनिती गरौं ।” खेलाडी र प्रशिक्षकहरुको मनोबल बढाउनेमा सबैको सहकार्य आवश्यक रहेको उनको जोड थियो ।

पोखरा रंगशाला देखेर आफू निकै उत्साहित भएको उनले भने–“पोखरा रंगशाला कुनै पनि अन्तर्राष्ट्रिय वा साउथ एसिया प्यासीफिकस्तरको प्रतियोगिता गर्न सक्षम छ भने मैले बुँझे तर पोखरा रंगशालाको संरक्षणको अभाव रहेछ । म काठमाण्डौ फर्किएI’लगतै जिल्ला खेलकुद मार्फत मर्मत सम्भार गर्न केही सहयोग पक्कै गर्छु ।”

Post Comments