News वडा अध्यक्ष कपः वडा नम्बर ८ र १७ क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटाैडामा भइरहेको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा आइतबार भएको खेलबाट ८ नम्बर वडा र १७ नम्बर वडा क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको छ ।

सोमबार गौरीटार रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर 4 लाई उत्कृष्ट कमब्याक गर्दै पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरि क्वाटफाइनलमा प्रबेश गर्न सफल भएको छ ।

खेलमा सुरुवाति अग्रता लिएको ४ नम्बर वडाले खेल सकिन ३० सेकेन्ड बाकी रहदा गोल खान पुगेको थियो । निर्धािरत समय एक एक गोलको बराबरिमा टुंगिएको थियो । दुइवटा पेनाल्टी प्रहार बचाएका ८ नं वडाका गोलरक्षक निकेश भुर्तेल खेलको म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा वडा नं १७ ले वडा नम्बर ६ पेनाल्टि सुटआउटमा ४-३ ले परिजित गर्दै क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको छ । निर्धारित समय सम्म १-१ को बराबरिमा सकिएको थियो । खेलमा वडा नम्बर १७ का सबिन राई म्यान अफ द म्याच घोषित भए । दुबै खेलको म्यान अफ द म्याचले नगद १५०० सहित ट्रफि हात पारे ।

प्रतियोगिता अन्तर्गत मंगलवार पहिलो खेल १३नम्बर वडा र १४ नम्बर वडाको बिचमा र दोस्राे खेल १५ नम्बर वडा र १६ नम्बर वडाको बिचमा हुने प्रतियोगिता संयोजक गोबिन्द नेगिले बताउनुभयो ।

Post Comments