News पहिलो अंक कै खोजीमा नेपाल
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनोट २०२७ को दोस्रो चरणको छनौटतर्फ समूह एचमा रहेको नेपालले बहराईन विरुद्ध आज मध्यराती महत्वपूर्ण अवे म्याच खेल्दैछ ।

दुर्भाग्यपुर्ण रुपमा आफ्नो घरेलु म्याच पनि बहराईन मै खेलेको नेपालले सो खेलमा बहराईनसँग शून्यका विरुद्ध ५ गोलको हार बेहोरेको थियो । नेपालले हालसम्म खेलेको कुल ३ खेलहरुमा अहिलेसम्म अंक जोडेन सकेको छैन ।

बहराईनको रिफा शहर स्थित बहराईन नेशनल स्टेडियममा राती १२ः४५ बजेदेखि शुरु हुने आजको खेलमा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । यद्यपि फिफा वरियताको १७५औं स्थानमा रहेको नेपाललाई ८२औं स्थानमा रहेको बहराईनसँगको चुनौति त्यति सहज भने पक्कै हुनेछैन ।

 

Post Comments