News वडा अध्यक्ष कप: वडा नम्बर १३ र १५ क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटाैडामा भइरहेको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा आइतबार भएको खेल बाट १३ नम्बर वडा र १५ नम्बर वडा क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको छ ।

मंगलबार गौरीटार रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर १३ ले वडा नम्बर १४ लाई १-० ले पराजित गरि क्वाटफाइनलमा प्रबेश गर्न सफल भएको छ । मनिष घलान ले गरेको गोल नै निर्णायक बन्न पुग्यो । निर्णायक गोल गरेका मनिष घलान नै खेलको म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा वडा नं १५ ले वडा नम्बर १६ लाई १-० ले परिजित गर्दै क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको छ । खेलमा वडा नम्बर १५ का खेलाडी रिसि राम मोक्तानले निर्णायक गोल गरे । बिजयी टिमका रितेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । दुबै खेलको म्यान अफ द म्याचले नगद १५०० सहित ट्रफि हात पारे ।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो क्वाटरफाइनल खेल ७ नम्बर वडा र १७ नम्बर वडाको बिचमा र दोस्राे खेल ५ नम्बर वडा र १२ नम्बर वडाको बिचमा हुने प्रतियोगिता संयोजक गोबिन्द नेगिले बताउनुभयो ।

Post Comments