News वडा अध्यक्ष कप: वडा नम्बर ७ र १२ सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटाैडामा भइरहेको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा बुधबार भएको खेल बाट ७ नम्बर वडा र १२ नम्बर वडा सेमिफाइनलमा प्रबेश गर्न सफल भएको छ ।

गौरीटार रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर ७ ले वडा नम्बर १७ लाई ४-१ ले पराजित गरि सेमिफाइनलमा प्रबेश गर्न सफल भएको हो । सुशान्त तामाङले दुई गोल दिपेश थापा मगर र सुजल श्रेष्ठले एक एक गोल गरे । । दुई गोल गरेका सुशान्त तामाङ नै खेलको म्यान अफ द म्याच घोषित भए ।

आजै भएको दोस्रो खेलमा वडा नं १२ ले वडा नम्बर ५ लाई २-० ले परिजित गर्दै सेमिफाइनलमा प्रबेश गर्ने दोस्रो टोलि बन्न सफल भएको छ । खेलमा वडा नम्बर १२ का खेलाडी साजन पाख्रिन र धनजित थिङले एक एक गोल गरे । बिजयी टिमका साजन पाख्रिन म्यान अफ द म्याच घोषित भए । दुबै खेलको म्यान अफ द म्याचले नगद १५०० सहित ट्रफि हात पारे ।

प्रतियोगिता अन्तर्गत बिहिबार पहिलो खेल ९ नम्बर वडा र १५ नम्बर वडाको बिचमा र दोस्राे खेल १४ नम्बर वडा र ८ नम्बर वडाको बिचमा हुने प्रतियोगिता संयोजक गोबिन्द नेगिले बताउनुभयो ।

Post Comments