News आर्मी इटहरी गोल्डकपको फाइनलमा
गोलनेपाल

इटहरी । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं यहाँ जारी कन्ट्रोल लुब्रिकेन्टस १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले सगरमाथा युथ क्लब, मोरङलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि इटहरी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा भने आर्मीले सगरमाथामाथि २–१ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा आर्मीका गोलरक्षक बिकेश कुथु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत १५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब, इटहरी र चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौं बीच हुनेछ ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १७ गतेका दनि हुनेछ ।

Post Comments