News चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
गोलनेपाल

इटहरी । साँघुरो अन्तरको जित निकाल्दै चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौं यहाँ जारी कन्ट्रोल लुब्रिकेन्टस १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाईजले आयोजक राष्ट्रिय जागृति क्लब, इटहरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । इटहरी रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि ८९ मिनटमा समिर तामाङले एक मात्र निर्णायक गोल गरे ।

खेलमा चर्च ब्वाईज युनाइटेडका निर्णायक गोलकर्ता समिर तामाङ नै म्यान अफ द म्याच चुनिए । चर्च ब्वाईजले अब यही चैत १७ गते हुने फाइनलमा विभागीय टोली त्रिुभवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि फाइनल खेल्नेछ ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १७ गतेका दनि हुनेछ ।

Post Comments