News प्रथम बबुवा दाई स्मृति फुटसल कप शुरु
सुरज राना मगर

बुटवल । पूर्व खेलाडी, युवा खेलकुद अभियन्ता तथा साथीभाईहरु माझ बबुवा दाईको नामले परिचित स्व. मक्सुद अलीको स्मृतिमा शुक्रबारदेखि प्रथम बबुवा दाई स्मृति खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।

बुटवल स्थित लुम्बिनी फुटसलमा शुरु भएको दुई दिने प्रतियोगिताको पहिलो दिन प्रिक्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । दुई दिने प्रतियोगिता अन्तर्गत चैत १७ गते शनिबार, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुने खेल संयोजक भुवन श्रेक्ष्ठले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनदी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, दिवंगत स्व. मक्सुद अलीका धर्मपत्नी सबिना अली, दिदी मुना सिद्दीकी, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, महासचिव हिमाल गौचन, पूर्व राष्ट्रिय खेलाडी मधु कार्की लगायतले संयुक्त रुपमा गरेका थिए ।

आस्था समूह, बुटवलको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments