News प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापा द्वारा पत्रकार प्रकाश तिमल्सिनामाथी गाली गलौज र अभद्र व्यवहार
गोलनेपाल

फिफा द्वारा प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापाले बरिस्ठ पत्रकार प्रकाश तिमल्सिनामाथी गाली गलौज र अभद्र व्यवहार गरेका छन ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा र उहाँका छोरा अभिषेक थापाले गालीगलौज र अभद्र व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साउन १ गते साँझ समाचारका लागि टेलिफोनबाट वार्ता गर्ने क्रममा पत्रकार तिमल्सिनालाई पूर्वअध्यक्ष थापाले गालीगलौज र अभद्र व्यवहार गरेका थिए भने थापाका छोरा अभिषेकले थापाथलीस्थित हाम्रो खेलकुद डटकमकको कार्यालय परिसरमै गएर पत्रकार तिमल्सिनासँग वादविवाद गर्दै अभद्र व्यवहार गरेका थिए।

पत्रकार महासँघले भनेको छ, "पेसागत धर्म निर्वाहका क्रममा रहेका पत्रकारलाई एउटा जिम्मेवार पदमा रही काम गरिसकेका व्यक्ति र परिवारका सदस्यबाट भएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् विषय हो । यस्ता कार्यले पत्रकारको संवैधानिक अधिकार र सम्मानमा आघात पुग्ने महासंघको ठहर छ । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र यस्ता हर्कत नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।"

यसै गरी नेपाल खेलकुद पत्रकार मन्चले थापाको निन्दनिय कार्यप्रती घोर भर्त्सना र निन्दा गरेकोछ।

मन्चले यस घटनाप्रति नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराएको छ ।

Post Comments