News चर्च ब्वाईजलाई इटहरी गोल्डकपको उपाधि
गोलनेपाल

इटहरी । भिनो अन्तरको जित निकाल्दै यहाँ सम्पन्न १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौंले जितेको छ ।

फाइनलमा चर्च ब्वाईजले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

इटहरी रंगशालामा भएको उपाधि भिडन्तमा चर्च ब्वाईजका लागि खेल शुरु भएको तेस्रो मिनट मै राजेश परियारले गरेको एक मात्र गोल टोलीलाई च्याम्पियन बनाउन खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको चर्च ब्वाईजले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता आर्मीले नगद ५ लाखमा चित्त बुझाउन बाध्य बन्यो । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा चैत १० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments