News इटहरी गोल्डकप: राष्ट्रिय जागृतिका प्रबेश सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

इटहरी । आयोजक राष्ट्रिय जागृती क्लब, इटहरीका प्रबेश दनुवार शनिबार सम्पन्न १४औं इटहरी गोल्डकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन । त्यसवापत उनले नगद १ लाख र ट्रफी हात पारेका छन ।

स्मरण रहोस, शनिबार भएको फाइनल भिडन्तमा इटहरी गोल्डकपको उपाधी भने चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौले जितेको थियो । फाइनलमा चर्च ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौलाई १-० ले हराउँदै उपाधी चुम्न सफल भएको थियो ।

त्यस्तै अन्य विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच चर्च ब्वाईजका निर्णायक गोलकर्ता राजेश परियार घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

उत्कृष्ट गोलरक्षक चर्च ब्वाईज कै दिप कार्की बने । उत्कृष्ट डिफेन्डर आर्मीका जितेन्द्र कार्की चुनिदा उत्कृष्ट मिडफिल्डर चर्च ब्वाईजका सुरज जिउ ठकुरी चुनिए ।

उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ घोषित हुँदा उत्कृष्ट प्रशिक्षक चर्च ब्वाईजका दर्शन भक्तराज लौट घोषित भए । उत्कृष्ट बनेका सबैले जनही २०/२० हजार र ट्रफी हात पारे ।

त्यस्तै उदियमान खेलाडी बनेका राष्ट्रिय जागृतिका सुमित चौधरीले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । इटहरी कै उत्कृष्ट खेलाडी पनि आयोजक राष्ट्रिय जागृती कै उमेश कार्की बने । त्यसबात उनले नगद ११ हजार र ट्रफी हात पारे ।

त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार सगरमाथा युथ क्लब, मोरङका बिमल घर्तीले हात पारे । त्यसबापत उनले नगद २५ हजार र ट्रफी प्राप्त गरे ।

Post Comments