News सातौं भूपू सैनिक कप शुरु
सुरज राना मगर

बुटवल । भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा मंगलबारदेखि सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक भूपू सैनिकले विजयी शुरुवात गर्यो ।

उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गर्ने क्रममा भूपू सैनिकले ह्वाईट हाउस फुटबल क्लब, सुख्खानगरलाई शून्यका विरुद्ध ४ गोलले हरायो । भूपू सैनिकका लागि कप्तान शरद क्षेत्री र क्षितिजराज जिटीले समान २–२ गोल गरे । खेलमा भूपू सैनिकका क्षितिजराज जिटी म्यान अफ द म्याच समेत चुनिए ।

यो जितसँगै भूपू सैनिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत २१ गते बुधबारको प्रिक्वाटरफाइनल खेल सौभाग्य युवा क्लब, दिपनगर र तिलोत्तमा–११, तिलोत्तमा बीच हुने खेल संयोजक प्रताप रानाले जानकारी दिए ।

यही आउँदो बैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ हात पार्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

Post Comments