News फुटबल खेलाडी खवासको श्रीमतीको उपचारका लागि सहयोग गर्न अपिल
गोलनेपाल

मोरङ । विभिन्न क्लबहरुबाट व्यवसायीक फुटबल खेलिसकेका कोमल खवासकी श्रीमतीको उपचारका लागि आर्थिक सहयोग गर्न आव्हान गरिएको छ ।

पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा मच्छिन्द्र क्लबका फरवार्ड दिपक राईले आफ्नो फेसबुक स्टाटसमार्फत खेलाडी खवासको श्रीमतीको उपचारका लागि सबैबाट आर्थिक सहयोगको अपिल गरेका हुन् ।

राईका अनुसार खवासको श्रीमतीको छतबाट खसि ढाड पनि भाँचिएकोले उनको उपचारमा महँगो रकम खर्च हुने बताए । खवासको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उनको श्रीमतीको उपचारका लागि फुटबल समर्थक, खेलाडी तथा शुभेच्छुकहरुले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।

साथै हाल कोरोना महामारीका कारण सबैतिर लकडाउनले गर्दा थप समस्या परेको समेत राईले जिकिर गरे । यो विपतको अवस्थामा सबैले एक जुट भएर खवासलाई सहयोग गर्न आफूहरु अघि सरेको राईले बताए ।

स्मरण रहोस, अपवादका रुपमा केहीलाई छाडेर नेपालमा अझै पनि फुटबल खेलाडीहरुले व्यवसायीक फुटबल खेलेरै दैनिकी जिवीका चलाउन सक्ने अवस्थामा छैनन् । स्वास्थ्य उपचारका लागि प्रायःजसो खेलाडीहरुले सहयोग कै अपिल गर्नुपरेको तितो यथार्थ पनि सबै सामू छर्लङ छ ।

उता खवासको श्रीमतीको उपचारका लागि आवश्यक सहयोग जुटाउन पहल गरिरहेका राईले सबैसँग मिलेर थप सल्लाह गरि सहयोग जुटाउने अभियानमा अघि सर्ने बताए ।

त्यस्तै सोही अवसरमा बी डिभिजन क्लब बाँसबारीले पनि खवासको श्रीमतीको उपचारमा आवश्यक सहयोग गर्ने बताएको छ ।

 

 

Post Comments