News सौभाग्य क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । सौभाग्य युवा क्लब, दिपनगर यहाँ जारी सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ सौभाग्यले तिलोत्तमा–११, तिलोत्तमालाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा भएको खेलमा सौभाग्यका लागि मोहन थापा मगरले गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक गोल बन्यो । सौभाग्यका निर्णायक गोलकर्ता मोहन थापा मगर नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत २२ गते बिहीबारको तेस्रो प्रिक्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र राधाकृष्ण फुटबल क्लब, बुटवल बीच हुने खेल संयोजक प्रताप राना मगरले जानकारी दिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments