News रौतहटद्वारा सर्लाही पराजित
गोलनेपाल

गोलबजार । सातौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित मैत्रीपूर्ण फुटबल म्याचमा रौतहट विजयी भएको छ ।

बुधबार भएको खेलमा रौतहटले सर्लाहीलाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा रौतहटका लागि संगीता बिक र रजनी थोकरले गोल गरे । खेलमा रौतहट कै अनिता राना मगर प्लेयर अफ द म्याच घोषित भईन् ।

स्मरण रहोस, गोलबजार मेयर गोल्डकपको बिहीबार हुने फाइनलमा गुरुधाम एफसी, सिरहा र चात्या सा पुस्तकालय, झापा उपाधिका लागि भिड्दै छन् ।

गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजार प्राप्त गर्नेछ ।

Post Comments