News फाइनलमा फर्साटिकर, उपाधिका लागि राइजिङसँग भिड्ने
सुरज राना मगर

तानसेन । फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देही यहाँ जारी दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ फर्साटिकरले आयोजक न्यु युथ युनियन क्लब (बी) लाई २–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको खेलमा फर्साटिकरका लागि बिशाल बिकले एक गोल गरे भने थप एक गोल आशिष गुरुङले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता आयोजक न्यु युथ युनियनका लागि जमिर मियाँले एक मात्र गोल फर्काएका थिए ।

खेलमा फर्साटिकरका बिशाल बिक म्यान अफ द म्याच चुनिए । फर्साटिकरले अब चैत २४ गते शनिबार हुने फाइनलमा राइजिङ–११ सँग उपाधिका लागि भिड्ने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

Post Comments