News तेस्रो सोनापुर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

दुहबी । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही चैत २४ गतेदेखि शुरु हुन गईरहेको तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।

दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत २४ गतेका दिन दमक फुटबल एकेडेमी, झापा र गोल्डेन स्टार क्लब, सुनसरी भिड्ने खेलतालिकामा उल्लेख छ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

मेमोरी युवा क्लब, दुहबी, सुनसरीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले १,०,५५०० हात पार्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments