News हानामी बिएफसी फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने
गोलनेपाल

कपिलवस्तु । उत्कृष्ट जितका साथ हानामी बिएफसी, चितवन जारी कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा बिएफसीले सुदुरपश्चिम-११ लाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै फाइनल प्रवेश गर्न सफल भएको हो । बुद्ध रंगशालामा भएको खेलमा बिएफसीका लागि बिकास थापाले दुई गोल गरे भने थप एक गोल बिबेक गुरुङले गरे ।

खेलमा बिएफसीका लागि दुई गोल गरेका बिकास थापा म्यान अफ द म्याच समेत चुनिए । बिएफसीले अब चैत २४ गते शनिबार हुने फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्नेछ ।

जित हात पारेपछि उत्साहित देखिएका बिएफसीका टिम व्यवस्थापक ध्रुव भुषालले फाइनलमा पनि उत्कृष्ट प्रदर्सन गर्दै उपाधी जितेर समग्र चितवनवासीलाई एतिहासिक खुसी दिने योजना रहेको सुनाए ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments