News राधाकृष्ण सातौं भूपू सैनिक कपको क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । राधाकृष्ण फुटबल क्लब, बुटवल यहाँ जारी सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ राधाकृष्णले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा भएको खेलमा राधाकृष्णका लागि दुवै गोल असिम नेपालीले गरे । टोलीको जितमा नायक बनेका राधाकृष्णका असिम नेपाली नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत २३ गते शुक्रबारको चौथो प्रिक्वाटरफाइनल खेल दावेदार मध्ये एकका रुपमा हेरिएको गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र देवीनगर युवा क्लब, देवीनगर बीच हुने खेल संयोजक प्रताप रानाले जानकारी दिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments