News खेलाडीहरु विदेशिने क्रम अझै जारी
गोलनेपाल

काठमाडौं । फुटबलमा देखिएको निराशा र अनिश्चित भविष्य कै कारण क्षमता र योग्यता भएका कतिपय फुटबल खेलाडीहरु विदेश पलायन हुन बाध्य छन् । कोही पारिवारिक जिम्मेवारी र सुनिश्चित भविष्यका लागि पनि विदेशिरहेका छन् । र, हाल पनि यो क्रम जारी छ ।

विदेशिने सोही खेलाडीहरुको सूचीमा अहिले रोशन भुजेल, सनम राई र योगेश राई थपिएका छन् । आरसिटीबाट खेलेका रोशन, चर्च ब्वाईजबाट खेलेका सनम र टुसाल युथबाट खेलेका योगेशले नेपाल मै फुटबल खेलेर भविष्य नदेखेपछि विदेशिएका हुन् ।

यी तीनै खेलाडीहरु वैदेशिक रोजगारका लागि मलेसिया प्रस्थान गर्न लागेका हुन् । निकट स्रोतका अनुसार यी तीन खेलाडीहरुले मलेसियामा कामसँगै स्थानीय कम्युनिटी फुटबल प्रतियोगिताहरु पनि खेल्ने बताइएको छ ।

 

Post Comments