News
मैत्रीपुर्ण खेलमा इङल्याण्ड सी सँग नेपाल पराजित
काठमाडौं । मैत्रीपुर्ण फुटबल म्याचका लागि इङल्याण्ड पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार घरेलु टोलीसँग पराजय बेहोरेको छ ।
एक मात्र मैत्रीपूर्ण फुटबल म्याच खेल्न इङल्याण्ड पुगेको नेपालले घरेलु टोली इङल्याण्ड सी सँग एल्डरशटमा भएको खेलमा शून्यका विरुद्ध २ गोलको हार बेहोरेको हो । पहिलो हाफ मै खाएको दुई गोल नै नेपालको हारको कारक बन्यो ।
स्मरण रहोस, नेपालले इङल्याण्ड सी सँग खेल्नु अघि बृटिश आर्मीसँग पनि एउटा अभ्यास म्याच खेलेको थियो । जुन खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)