News
फुटबल खेलाडी निमेषलाई सहयोग गर्न अपिल
काठमाडौं । मकवानपुरको स्थानीय हुँदै स्वयम्भु क्लबबाट सी डिभिजन लिग समेत खेलिसकेका युवा खेलाडी निमेष मोक्तानलाई पारिवारिक समस्या आइपरेको छ ।
खेलाडी निमेषका अनुसार उनको पिता माधव मोक्तानको जटिल मुटुको समस्याका पुरानो मेडिकल अस्पताल, भरतपुरमा आईसीयुमा राखी उपचार भईरहेको छ । साथै उपचारमा आर्थिक समस्या देखिएपछि निमेषले फुटबलप्रेमी र शुभेच्छुकहरु सबैमा सहयोगको अपिल समेत गरेका छन् ।
आर्थिक अवस्था कमजोर रहेको र पिताको उपचार खर्चमा सबै रकम सकिएको बताउँदै निमेषले सहयोगी मनहरुबाट सहयोगको अपेक्षा गरेको बताए ।
इच्छुक सहयोगीदाताहरुले माथि उल्लेखित क्युआर कोड मा खाता नम्बरमा सहयोग गर्न सक्ने पनि निमेषले बताए । साथै सबै शुभेच्छुकहरुमा उनले अग्रिम धन्यवाद समेत दिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)