News आयोजक न्यु स्टार भरौल गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । आयोजक न्यु स्टार फुटबल क्लब, बराहक्षेत्र, सुनसरी जारी सातौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनलमा न्यु स्टारले कञ्चनजंघा फुटबल क्लब, भारतलाई ३–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

न्यु स्टारको जितमा सन्तोष श्रेष्ठ, सन्दिप श्रेष्ठ र निशान लिम्बुले गोल गरे । पराजित कञ्चनजंघाका लागि अनिष राई र अभिषेक दर्जीले गोल फर्काएका थिए । खेलमा न्यु स्टारका सन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत २५ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं र हानामी बिएफसी, चितवन बीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ३० गतेका दिन हुनेछ ।

Post Comments